|  

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे

१५ असोज, काठमाडौं  पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् ।

राष्ट्रिय टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघका अध्यक्षसँगको कुराकानीपछि क्याम्प छाड्ने निर्णय गरेको रोनाल्डोले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

उनले क्याम्प छाड्नुको कारण अहिले सार्वजनिक नगर्ने भन्दै समय आएपछि पोर्चुगलका नागरिकलाई सबै सत्य बताउने बताएका छन्।

रोनाल्डोले क्याम्प छाडेको घटना प्रशिक्षक जोर्जे जेसुससँगको असमझदारीको चर्चाबीच आएको हो।