|  

श्रीलंकालाई ४५ रनमै अलआउट गर्दै भारत फाइनलमा

१५ असोज, काठमाडौं  । भारत एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बिहीबार सेमिफाइनलमा श्रीलंकालाई १२४ रनले हराउँदै भारतले पाकिस्तानसँगको स्वर्ण पदक भिडन्त पक्का गरेको हो।

भारतले दिएको १७० रनको लक्ष्य पछ्याएको श्रीलंका ९.५ ओभरमा ४५ रनमै अलआउट भयो। भारतका जसप्रित बुमराह, अक्षर पटेल र अभिषेक शर्माले २–२ विकेट लिए।

त्यसअघि भारतले इशान किशनको ८० रनको मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो।