१६ असोज, काठमाडौं । असार ५ गते भित्रिएको मनसुन उत्तरार्द्धमा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन भित्रने र बाहिरिने औसत मिति जुन १३ र अक्टोबर २ लाई मानेको छ ।
औसत मितिअनुसार बाहिरिने दिन आज हो। यद्यपि भित्रने र बाहिरिने मिति केही तलमाथि हुँदै आएको छ।पश्चिम नेपालबाट मनसुन बाहिरिने आधारहरू क्रमशः पूरा हुँदै गएकाले अब केही दिनभित्रै मनसुन बाहिरिने सम्भावना रहेको छ ।
अहिले पश्चिम नेपालमा मनसुन बाहिरिने आवश्यक अवस्थाहरू बन्न थालेका छन् । ती अवस्था एक / दुई दिन निरन्तर रहेपछि मात्र मनसुन औपचारिक रूपमा बाहिरिएको घोषणा महाशाखाले गर्नेछ ।
नेपालबाट मनसुन बाहिरिन एउटै अवस्थाले मात्रै पुग्दैन । वायुमण्डलमा रहेको आर्द्रता कम हुँदै जानु, पूर्वबाट आउने मनसुनी हावा हटेर पश्चिमी वायु हाबी हुनु र वर्षा गराउने प्रणालीमा पनि परिवर्तन आउनुपर्छ।
मनसुन बाहिरिने क्रममा पूर्वबाट आउने मनसुनी हावा कमजोर हुँदै जान्छ भने पश्चिमबाट आउने हावा बलियो हुँदै जान्छ। त्यसैगरी वर्षा गराउने गतिविधि मनसुनी प्रणालीका कारण नभई पश्चिमबाट आउने प्रणालीका कारण हुन थालेपछि मनसुन बाहिरिने प्रक्रिया पूरा भएको मानिन्छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar