|  

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

१६ असोज, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २०औँ एसियाली खेलकुदमा सहभागिता जनाएर आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ ।

खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत  गरेका थिए । समूह चरणमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले हराउँदै समूह विजेताका रूपमा क्वार्टरफाइनलमा प्रवेश गरेको थियो।

तर, श्रीलंकासँगको वर्षाले प्रभावित खेलपछि नेपाल पदकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।