|  

कपिलवस्तुको चोरखोलामा बस र ट्रक ठोक्किएः चालकको मृ#त्यु, ११ यात्रु घाइते

१६ असोज, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा शुक्रबार बिहान बस र ट्रक ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ यात्रु घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३३३ न.को ट्रकले सोही दिशातर्फ आउँदै गरेको लु २ ख २४७१ टिप्परलाई उछिन्ने क्रममा काठमाडौंदेखि बर्दियातर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ००९९ न.को बससँग ट्रक ठोक्किएको हो ।

दुर्घटनामा बाँकेको खजुरा–५ का ३४ वर्षीय बस चालक सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको हो । घाइते सबैको अवस्था सामान्य रहेको प्रारम्भिक विवरण छ