|  

दोधारा चाँदनीको क्षतिग्रस्त झोलुङ्गे पुल अवलोकन गर्न काठमाडौंको प्राविधिक टोली सुदूरपश्चिममा

१६ असोज, काठमाडौं ।  महाकाली नदीको बाढीले क्षतिग्रस्त दोधारा–चाँदनी झोलुङ्गे पुलको अवस्था निरीक्षण गर्न काठमाडौंँबाट प्राविधिक टोली सुदूरपश्चिम पुगेको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन्स ब्रिज डिभिजन ललितपुरबाट उपमहानिर्देशक कमल अधिकारी नेतृत्वको टोली हिजो बेलुका कैलालीको धनगढी पुगेको हो।

सो टोलीले आज कञ्चनपुरको दोधारा चाँदनी पुगेर क्षतिग्रस्त पुलको अवस्था निरीक्षण गर्नेछ । गत बुधबार महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनीको झोलुङ्गे पुलको एक भागको चुँडिएर नदीमा लत्रिएको थियो । सो दिनदेखि झोलुङ्गे पुलबाट आवतजावत बन्द गरिएको छ ।