१६ असाेज, काठमाडाैं । कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कानूनको दफामा सुधार गरेर मात्र पूर्वाधार विकासका हुन नसक्ने भन्दै आयोजना कार्यान्वयनको कार्यशैली सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले योजना कार्यान्वयन प्रक्रिया पुनःअवलोकलन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँल पूर्वाधार योजना निर्माणमा हुने ढिलाइले लागत बढ्नुका साथै नागरिकले समयमै सेवा पाउन नसकेको बताउनु भयो । उहाँले सडक तथा पुल निर्माणका लागि अध्ययन, बजेट विनियोजन र ठेक्का प्रक्रियामै लामो समय लाग्ने भएको कारण समयमै योजना सम्पन्न हुन नसकेको बताउनु भयो । उहाँले मुलुकमा लगानीको सम्भावना भएपनि लगानीकर्ताले कानुनी स्थिरता, प्रशासनिक स्पष्टता र समयमै निर्णय हुने वातावरण खोजिरहेको भन्दै त्यसतर्फ सरकारको ध्यान जान जरुरी रहेको बताउनु भयो । उहाँले सार्वजनिक–निजी साझेदारीसम्बन्धी नियमावली तथा कानुनी व्यवस्था सुधार गरेका मुलुकमा पूर्वाधार लगानी बढेको अनुभव रहेको भन्दै त्यसबाट नेपालले पनि सिक्न आवश्यक रहेको छ । उहाँले भन्नुभयो, ‘हामीले पूर्वाधार क्षेत्रको विकासका लागि कानुनको दफा सुधार गरेर मात्र हुँदैन । यसको लागि हामीले हाम्रो कार्यशैली नै सुधार गर्ने संकल्प गर्नुपर्छ । नेपालमा सडक बनाउन सभ्यता अध्ययन हुन्छ । बजेट विनियोजन हुन्छ । ठेक्का लाग्छ तर कतिपय आयोजना वर्षौँ सम्म सम्पन्न हुँदैन । पुलको लागत बढ्छ, आयोजनाको समयसीमा सर्छ र नागरिकले पाउनु पर्ने सुविधा कागजमै सीमित हुन्छ । प्रश्न उठ्छ, हामीसँग योजना नभएको हो कि ? योजना कार्यान्वयन गर्ने प्रणाली कमजोर भएको हो ? लगानीकर्ताले नेपालमा सम्भावना देख्नुपर्छ र त्यो सम्भावनाभन्दा पहिले उसले कानुन, स्थिरता, प्रशासनिक स्पष्टता र समयमै निर्णय हुने विश्वास देख्नुपर्छ । विश्वका अनुभव, विश्लेषण र सार्वजनिक निजी साझेदारी सम्बन्धी नियमावली सुधार गरेका देशहरूमा पूर्वाधार लगानी औसतमा बढेको देखिएको छ । त्यसैले हाम्रो मुलुकमा कार्यपालिकाले ऐन विधेयकको उत्पत्ति गर्ने, मस्यौदा बनाउने जुन चलन छ र त्यसलाई समितिमा सदनमा पठाएर समितिमा छलफल गरेर पारित गर्ने चलन छ । नेपालमा लगानीमैत्री बनाउन निजी क्षेत्रलाई मात्र आग्रह गरेर पुग्दैन । राज्यले अब आफ्नो निर्णय प्रक्रियालाई छिटो, पारदर्शी, जवाफदेही र अनुमानयोग्य बनाउनुपर्ने थियो जुन कार्य यो आजको यो गोष्ठीशालाबाट अघि बढेको छ ।’
उहाँले नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकारले निजी क्षेत्रलाई मात्र गुहारेर नहुने भन्दै आफ्नो निर्णय प्रक्रियालाई पारदर्शी, जवाफदेही र अनुमानयोग्य बनाउनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar