१६ असाेज, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले संसदको विद्यमान कार्यशैली र प्रभावकारितामाथि प्रश्न उठाउँदै आत्मसमीक्षा गर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उहाँले हालको संसदीय अभ्यास केवल कर्मकाण्डी बनेको टिप्पणी गर्दै यस्तै अवस्था रहे नागरिकमा निराशा बढ्ने चेतावनी दिनुभएको हो । संसदमा सम्बोधन गर्दै महामन्त्री आचार्यले कार्यपालिकालाई जवाफदेही बनाउने दायित्व बोकेको व्यवस्थापिका आफैँले आफ्नो लय समात्न नसकेको यथार्थ स्वीकार गर्नुपर्ने बताउनु भयो । उहाँले संसदीय बैठकहरू समयमा शुरु नहुनु, गणपूरक संख्या नपुग्नु र सांसदहरू बैठकमा अनुपस्थित हुनुलाई संसदको गरिमामाथिको प्रहारका रूपमा चित्रण गर्नुभयो । उहाँले भन्नुभयो, ‘विगत ६ महिनामा २७ सयभन्दा बढी पटक जनसरोकारका मुद्दा उठाइए पनि ती आवाजहरूको नतिजा के हो ? संसद बोल्ने मञ्च मात्र हो वा समाधान खोज्ने ? हामी कोही पनि एकअर्काका प्रतिष्पर्धी होइनौँ । हाम्रो साझा प्रतिस्पर्धी गरिबी र कुशासन हो ।’
आचार्यले विधेयक निर्माणमा सांसदहरूको भुमिकाबारे पनि प्रश्न उठाउनु भयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar