१६ असाेज, काठमाडाैं । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा सांसदहरूले अविरल वर्षा र बाढीका कारण क्षतिग्रस्त सडक तथा पुल तत्काल मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शून्य समयमा बोल्दै सांसदहरूले दशैं-तिहार नजिकिँदै गर्दा सडक अवरुद्ध भएकाले सर्वसाधारणले सास्ती भोग्नुपरेको बताए । भोटेकोशी र महाकाली बाढीले पुर्याएको क्षति, कोरला नाकामा रोकिएका मालवाहक सवारी तथा विभिन्न क्षेत्रमा बिग्रिएको सडक पूर्वाधार तत्काल सञ्चालनमा ल्याउन माग गरिएको छ । कञ्चनपुरको दोधारा चाँदनीमा झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा ५० हजारभन्दा बढी नागरिक प्रभावित भएको भन्दै सांसदहरूले तत्काल पुनर्निर्माण गर्न माग गरे । कालीगण्डकी करिडोरका पुल तथा किसानको धानबालीमा पुगेको क्षतिको क्षतिपूर्ति दिन पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
बैठकमा केही सांसदले प्रधानमन्त्री बालेन्द्र शाहको भारतसम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को अभिलेखबाट हटाउन माग गरे भने नेपाल संवत्को कार्यसूचीमा तिथि र महिना पनि उल्लेख गर्नुपर्ने मागसमेत उठ्यो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar