|  

जी-७ राष्ट्रहरूले १० करोड ब्यारेल तेल बजारमा पठाउने

१७ असोज, काठमाडौं ।  जी-७ राष्ट्रहरू १० करोड ब्यारेल कच्चा तेल र डिजेल बजारमा खुला गर्न सहमत भएका छन् ।

संयुक्त राज्य अमेरिकासहित विकसित अर्थतन्त्रहरूको समूहले आगामी दिनमा डिजेलको पर्याप्त आपूर्ति गरिने जनाएको छ ।

जी-७ का नेताहरूको उच्चस्तरीय बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्ति अनुसार सदस्य राष्ट्रहरूले अब एक–अर्काविरुद्ध ऊर्जा र ऊर्जाजन्य उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति गरेका छन्।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको समन्वयमा आगामी चार महिनाभित्र १०० मिलियन ब्यारेलसम्मको आरक्षित तेल बजारमा ल्याइने जानकारी दिए।

यसअन्तर्गत पहिलो २० दिनभित्रै जी७– सदस्यहरू र साझेदार देशहरूले भारी मात्रामा डिजेल अगाडि नै बजारमा पठाउनेछन्।