|  

देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावः कस्तो रहला आजको मौसम ?

१७ असोज, काठमाडौं । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली छ भने कोशी, गण्डकी र लुम्बिनीका एक / दुई स्थानमा हल्का वर्षा भइरहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । यी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा एक / दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ । तराई क्षेत्रमा बिहान हुस्सु लाग्ने तथा कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।