१७ असोज, काठमाडौं । गत वर्षको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागार र बाल सुधार गृहबाट भागेका ३ हजार ७५२ कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्।
कारागार व्यवस्थापन विभागले फरार कैदीहरूको खोजी तीव्र बनाउँदै उनीहरूको नामसहितको सूची सार्वजनिक गरेको छ। आन्दोलनका क्रममा देशभरका कारागारमा तोडफोड भएपछि ठूलो संख्यामा कैदीबन्दी भागेका थिए।
भागेकामध्ये धेरैलाई प्रहरीले पक्राउ गरिसकेको भए पनि गम्भीर अपराधमा सजाय भोगिरहेका कैदीसहित १ हजार १९४ जना अझै बेपत्ता रहेको विभागले जनाएको छ।
सार्वजनिक सूचीमा नेपाली तथा विदेशी नागरिकसमेत रहेका छन्। विभागले फरार कैदीलाई तत्काल सम्बन्धित कारागारमा आत्मसमर्पण गर्न वा सम्पर्कमा आउन आग्रह गर्दै तोकिएको समयभित्र नआए कानुनबमोजिम थप कारबाही गर्ने चेतावनी दिएको छ।
फरार कैदीहरूको खोजीका लागि देशभरका सुरक्षा निकायलाई परिचालन गरी विशेष अपरेसन सञ्चालन भइरहेको जनाइएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar