|  

नेपालको ४ वटा प्रदेशबाट बाहिरियो मनसुन, अन्य ठाउँमा केही दिन लाग्ने

१७ असोज, काठमाडौं ।  यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट शनिबार बाहिरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार मनसुन बहिर्गमन बुलेटिन–१ जारी गरेर उक्त जानकारी दिएको हो।

शाखाका अनुसार मनसुनी वायू कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ।