|  

नेविसंघ पूर्वकेन्द्रीय सदस्य खड्का रास्वपा प्रवेश

१७ असोज, काठमाडौं ।  नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वकेन्द्रीय सदस्य खेमबहादुर खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।

हुम्लाका युवा नेता खड्कालाई रास्वपा सांसद रमेशकुमार सापकोटा, नेता प्रमोद न्यौपाने लगायतले रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीमा स्वागत गरेका हुन् ।

खड्कासँगै नेविसंघ सीटीईभीटी समितिका सचिव मंगल फडेरा पनि रास्वपामा प्रवेश गरेका छन् ।