१७ असाेज, काठमाडौं । हवाई उडानको सुरक्षामा जोखिम निम्त्याउने अग्ला भवन, टावर, रुख तथा अन्य संरचना हटाउने अधिकार नेपाल हवाई सेवा प्राधिकरणलाई दिने प्रस्ताव गरिएको छ।
संघीय संसद्मा पेस भएको नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८३ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो। विधेयकको दफा १७ अनुसार विमानस्थल तथा हवाई मार्ग आसपास तोकिएको मापदण्डभन्दा अग्ला संरचना निर्माण गर्न प्रतिबन्ध लगाउन सकिनेछ। मापदण्डविपरीत निर्माण भएका भवन, टहरा तथा टावर भत्काउन र जोखिमपूर्ण रुख काट्न पनि सरकारले आवश्यक प्रक्रिया अघि बढाउन सक्नेछ। अनधिकृत रूपमा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले प्राधिकरणले तोकेको समयभित्र आफ्नै खर्चमा त्यस्ता संरचना हटाउनुपर्नेछ। तोकिएको अवधिमा नहटाए प्राधिकरणले आफैँ भत्काएर लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्न सक्ने व्यवस्था विधेयकमा छ।
त्यस्तै, उडान सुरक्षामा जोखिम देखिएमा प्राधिकरणका अख्तियारप्राप्त अधिकारीले निजी घरजग्गामा समेत प्रवेश गर्न सक्ने प्रस्ताव गरिएको छ। सामान्य अवस्थामा सुरक्षा निकाय र स्थानीय प्रतिनिधिको रोहवरमा पूर्वसूचना दिएर प्रवेश गर्न सकिनेछ। तर, हवाई दुर्घटना रोक्न वा उपकरणको आपत्कालीन मर्मत गर्नुपर्ने अवस्थामा भने पूर्वसूचनाबिनै जुनसुकै समयमा निजी घर वा जग्गामा प्रवेश गर्न सकिने व्यवस्था विधेयकमा राखिएको छ। प्रस्तावित प्रावधानको उद्देश्य हवाई सुरक्षामा बाधा पुग्ने संरचना हटाउनु र आपत्कालीन अवस्थामा तत्काल आवश्यक कदम चाल्न सक्ने व्यवस्था गर्नु हो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar