१७ असाेज, काठमाडाैं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले काँग्रेसको १५ औँ महाधिवेशन ऐतिहासिक राजनीतिक महत्व बोकेको स्थलमा हुन लागेको बताउनुभएको छ ।
महाधिवेशनस्थल खुल्ला मञ्चमा शनिवार पत्रकार सम्मेलन गर्दै उहाँले नेपालको राजनीतिक इतिहासमा खुल्ला मञ्चको विशेष महत्व रहेको बताउनु भयो । २०३३ सालमा जननायक वीपी कोईराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३६ सालको जनमतसंग्रहको लागि पहिलो ऐतिहासिक सार्वजनिक सम्बोधन खुल्ला मञ्चबाट गर्नुभएको उहाँले बताउनु भयो । २०४६ सालको राजनीतिक परिवर्तनका लागि नेपाली काँग्रेसका नेता गणेशमान सिंहले पनि खुला मञ्चबाट नै परिवर्तनको उद्घोष गरेको उहाँले बताउनु भयो । नेपाली काँग्रेसको राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनसँग जोडिएको महत्वपूर्ण स्थानमा पार्टीले १५ औँ महाधिवेशन गर्न लागेको उहाँको भनाई छ । महाधिवेशनले बीपी कोईरालाको विचारलाई भविष्यको नेपालसँग जोड्ने वैचारिक आधार तय गर्ने उहाँले बताउनु भयो । आधुनिक, प्रविधियुक्त र सान्दर्भिक नेपालको परिकल्पनालाई वीपीको विचारसँग जोडेर अघि बढाउने लक्ष्य रहेको उहाँको भनाई छ । महाधिवेशनले पार्टीको संरचनागत र नितिगत सुधार दुवै गर्ने बताउनु भयो । युवाको सहभागिता विस्तार, नीति निर्माणमा प्रबुद्ध वर्ग र प्रवासी नेपालीको प्रतिनिधित्व तथा सुशासनलाई प्राथमिकता राख्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिमा ऐतिहासिक र प्रतिकात्मक महत्व छ । यही भूमि हो जसले २०३३ सालमा जननायक बीपी कोइरालाले नेपालमा उहाँको राष्ट्रिय एकता र मेलमिलाप नीति लिएर स्वदेश फर्किसकेपछि सार्वजनिक रूपमा, ऐतिहासिक रूपमा पहिलो सम्बोधन २०३६ सालको जनमत संग्रहको सन्दर्भमा उहाँको पहिलो ऐतिहासिक सम्बोधन यहाँ यही स्थलमा, यही बगलमा भएको। म वीपी कोईरालाको आह्वान मात्रै थिएन, गणेशमानजीले २०४६ सालको परिवर्तनको उद्घोष यही भूमिबाट गर्नुभएको हो। नेपाली जनताको अधिकार स्थापित गर्ने आह्वान गरिएको ऐतिहासिक भूमिमा नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको सन्दर्भमा आज हामीले यही भूमिबाट भोलि महाधिवेशन हुँदैछ । अबको शासन भनेको शासन होइन, सुधार, सुशासन हो । अब पद होइन परिणाम खोजिरहेछ, जनताले । त्यसकारण अबको राजनीति पदको लागि होइन, परिणामको लागि हुनुपर्छ । शासन, राजनीति शासनको लागि होइन, सुशासनको लागि हुनुपर्दछ भन्ने कुरा हामीले यहाँ विद्यमान हामीले आफ्नो नीतिमा समावेश गरेका छौँ । नेपाली कांग्रेस स्पष्ट गर्न चाहन्छ, यो अधिवेशनको माध्यमद्वारा नयाँ इतिहास निर्माण गर्न चाहन्छ । नेपाली कांग्रेस बीपी कोईरालाको जुन विचारधारा छ, इतिहासमा मात्र होइन कि बीपी अब भविष्यमा पनि बीपी विचारधारालाई हामी जोड्दै जानेछौँ । र भविष्यको नेपाल, बीपीले परिकल्पना गरेको नेपाल, सान्दर्भिक नेपाल, आधुनिक नेपाल, प्रविधियुक्त नेपालको रुपमा हामीले भविष्यमा जोड्ने वैचारिक आधार यो अधिवेशनले प्रदान गर्नेछ ।’
उहाँकाअनुसार आईतवारदेखि शुरु हुने महाधिवेशनको उद्घाटन समारोहपछि हुने बन्द सत्रमा पार्टीको आगामी राजनीतिक, आर्थिक, सामाजिक र सांगठनिक दिशाबारे विस्तृत छलफल हुनेछ । बन्दसत्रमा पार्टी सभापति गगन थापाले आगामी पाँच वर्षमा काँग्रेसले लिने राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी र परराष्ट्र नीतिसहितका विषय समेटिएको कार्यपत्र बन्द सत्रमा प्रश्तुत गर्नुहुनेछ । उपसभापति विश्वप्रकाश शर्माले पनि समसामयिक विषयमा प्रतिवेदन प्रश्तुत गर्ने उहाँले बताउनु भयो । महाधिवेशनमा पार्टीको विधान संशोधनमार्फत संरचनागत सुधारका विषयमा समेत छलफल हुने उहाँले बताउनु भयो । उहाँले विधानमा केही परिवर्तन यसअघि नै भईसकेको बताउनु भयो । उहाँले महाधिवेशनल नेतृत्वलाई भन्दा नीति चयनलाई विशेष प्राथमिकता दिएको पनि बताउनु भयो ।
महाधिवेशनमा सहभागी प्रतिनिधिले ३ हजार ५ सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्नुपर्नेछ ।
देशभरबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी रहेको उहाँले बताउनु भयो । केही जिल्लामा निर्वाचन तथा मतगणना भइरहेकोले आईतबार विहानसम्म सबै प्रतिनिधि काठमाडौ आईपुग्ने उहाँको भनाई छ । महाधिवेशनका गतिविधि, बसोबास, भोजन तथा अन्य कार्यक्रमसम्बन्धी सूचना प्रतिनिधिलाई क्यूआर कोड र एसएमएसमार्फत उपलब्ध गराउने व्यवस्था गरिएको छ । महाधिवेशनका क्रममा प्रत्येक दिन दुई पटक पत्रकार सम्मेलन गरी छलफलमा उठेका विषय, प्रतिनिधिको धारणा र पार्टीका गतिविधिबारे जानकारी गराइने काँग्रेसले जनाएको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar