|  

सुमेरु सहकारीको सम्पत्ति लिलाम गर्न ३५ दिने सूचना

१७ असाेज, काठमाडाैं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पुल्चोकको कब्जामा रहेको सम्पत्ति तथा व्यवसाय लिलाम बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको छ।

लिलाममा सुमेरु सिटी अस्पतालका जग्गा, भवन, उपकरण तथा पुँजीगत सामग्रीसँगै शङ्खरापुर कलेजको सञ्चालन अनुमति, शैक्षिक कार्यक्रम र चल सम्पत्ति समावेश छन्। सम्पत्ति बिक्रीबाट प्राप्त रकम बचतकर्ताको रकम फिर्ता गर्न प्रयोग गरिने समितिले जनाएको छ। इच्छुक व्यक्ति, फर्म वा कम्पनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्रका लागि ३ हजार रुपैयाँ फाराम शुल्क र कबोल रकमको १० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ।

2026-10-03-12-12-43-2083-06-17-15