|  

रुसका तेल प्रशोधन केन्द्रमा आक्रमण बढाउने जेलेन्स्कीको चेतावनी

१८ असोज, कामठाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनी शहर तथा नागरिक पूर्वाधारमाथि हवाई आक्रमणको नयाँ नीति अपनाएको भन्दै त्यसको जवाफमा रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण तीव्र बनाउने चेतावनी दिएका छन् ।

एक अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनी गुप्तचर निकायले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी जाडोअघि नागरिक पूर्वाधारलाई व्यापक रूपमा लक्षित गर्ने नयाँ सैन्य नीति जारी गरेको देखाउने दस्तावेज प्राप्त गरेको दाबी गरे ।

उक्त नीतिअन्तर्गत पूर्वाधार, ढुवानी तथा रसद प्रणाली, सडक, विद्यालय र अस्पतालसहित शहर तथा गाउँका विभिन्न क्षेत्रलाई लक्षित गर्ने योजना छ ।