|  

कांग्रेस उपसभापतिमा दीपक गिरीको उम्मेदवारी घोषणा

१८ असोज, कामठाडौं ।  नेपाली कांग्रेसका नेता दीपक गिरीले पार्टीको १५ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गिरीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उनले अनुभवी नेतृत्वको मार्गदर्शन र युवाशक्तिको ऊर्जा तथा सहभागितालाई साथमा लिएर पार्टीलाई नयाँ गति दिन चाहेको बताएका छन् ।