|  

सर्लाहीको बागमतीमा जंगली हात्ती मृ#त फेला

१८ असोज, कामठाडौं । सर्लाहीको बागमती नगरपालिका–४ स्थित बरम बाबा सामुदायिक वन नजिकै आइतबार बिहान एक वयस्क जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।

स्थानीयले हात्तीलाई मृत अवस्थामा देखेपछि प्रहरी प्रशासन र वन कार्यालयलाई खबर गरेका थिए।मृत हात्ती अन्दाजी ३० देखि ३५ वर्षको वयस्क पोथी हो ।

हात्तीको मृत्युको कारण यकिन नभए पनि घटनास्थलको अवस्था हेर्दा विषाक्त खाना खाएका कारण मृत्यु भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ।

घटनास्थलमा खेत माडिएको र हात्ती अन्दाधुन्द दौडिएको देखिएकाले पीडामा छट्पटिएर दौडँदा त्यस्तो अवस्था भएको हुनसक्ने स्थानीयको अनुमान छ। वन कार्यालयका अधिकारीहरूले घटनास्थलको मुचुल्का तयार गरिरहेका छन्।