|  

कांग्रेस महाधिवेशनमा एमाले अध्यक्ष ओली नजाने, महासचिव पोखरेल जाने

१८ असोज, कामठाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

ओलीको प्रतिनिधित्व गर्दै एमाले महासचिव शंकर पोखरेल महाधिवेशनमा सहभागी भएर शुभकामना दिने भएका छन्।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार महासचिव पोखरेल कांग्रेस महाधिवेशनमा सहभागी भई एमालेका तर्फबाट शुभकामना दिनेछन्।