१८ असोज, कामठाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाइदुबईका पाइलट क्याप्टेन स्मित मच्छरसँग फोनमा कुराकानी गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
मोदीले गम्भीर चोट लागे पनि यात्रुको ज्यान बचाउन क्याप्टेन स्मितले देखाएको साहस, धैर्य र सुझबुझप्रति सम्पूर्ण देशलाई गर्व रहेको बताए । उनले भारतभर क्याप्टेन स्मितको स्वास्थ्यलाभका लागि प्रार्थना तथा महामृत्युञ्जय मन्त्रको जप भइरहेको जानकारी दिए ।
प्रधानमन्त्री मोदीले क्याप्टेन स्मित स्वयं गम्भीर घाइते भएर जीवन–मृत्युको संघर्ष गरिरहेका भए पनि आफ्नो ज्यानको परवाह नगरी यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिएको बताए । क्याप्टेन स्मितले प्रधानमन्त्री मोदीलाई घटनाका क्रममा आफू लडेर घाइते भएको बताए । आफूलाई धेरै चोट लागे पनि विमानभित्रको अवस्था बिग्रिँदै गएको महसुस भइरहेको उनले बताए ।
मोदीसँग कुराकानीका क्रममा क्याप्टेन स्मित भावुक भएका थिए । उनले आफूले पीडाका बेला हनुमान चालिसा पाठ गरिरहे र भगवानले नै आफ्नो ज्यान बचाएको विश्वास रहेको बताए । उनले भने, ‘म धेरै सकारात्मक छु । जब मलाई दुख्छ, मलाई एउटै कुरा आउँछ, म हनुमान चालिसा पढिरहेको हुन्छु। मलाई थाहा छ, भगवानले नै मलाई बचाउनुभएको हो।’
प्रधानमन्त्री मोदीले सावरकुन्डलालगायत भारतका विभिन्न स्थानमा क्याप्टेन स्मितको दीर्घायु र शीघ्र स्वास्थ्यलाभका लागि पूजाअर्चना भइरहेको बताए । पूरा भारत क्याप्टेन स्मित स्वस्थ भएर फर्किएको हेर्न प्रतीक्षारत रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री मोदीले क्याप्टेन स्मितको उपचार र हेरचाहका लागि साउदी अरब र संयुक्त अरब इमिरेट्सका सरकारलाई पनि धन्यवाद दिए। आवश्यक परेको अवस्थामा आफू केवल एक फोनको दूरीमा रहेको उनले बताए।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar