|  

स्वर्णिम वाग्लेले अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्ने

१८ असोज, कामठाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् ।

वासिङ्टन डीसी पुगेका उनलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका छन् ।

वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्नेछन्।

भेटमा नेपालको आर्थिक साझेदारी, द्विपक्षीय सहयोग, भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, एफएटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने प्रयास तथा आर्थिक सुधारबारे छलफल हुनेछ।

वाग्लेले अमेरिकी डीएफसीका अधिकारी तथा निजी क्षेत्रका लगानीकर्तासँग समेत भेटवार्ता गर्नेछन्।