१८ असाेज, काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्।
वीरगञ्जमा सम्पन्न पार्टीको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गर्दै अध्यक्ष पदमा पुनः नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्। अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेको थियो। तर, पार्टी विधानअनुसार उम्मेदवारले कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले उनी निर्विरोध निर्वाचित हुन पाएनन्। महाधिवेशनमा २६ पदाधिकारीसहित ९९ जना उम्मेदवारका लागि मतदान भएको थियो।
यसैगरी, उपाध्यक्षमा अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजयकुमार यादव र माधवप्रसाद सिंह निर्वाचित भएका छन्। उपाध्यक्षका लागि ११ जना प्रतिस्पर्धामा थिए।
महासचिवमा सञ्जयकुमार यादव विजयी
महासचिव पदमा सञ्जयकुमार यादव ६१८ मतसहित निर्वाचित भएका छन्। प्रतिस्पर्धी ममता झाले २२० र चन्दनकुमार सिंहले १६५ मत प्राप्त गरे। उनीहरूले विधानअनुसार आवश्यक २० प्रतिशत मत प्राप्त गर्न नसकेको पार्टीले जनाएको छ। उपमहासचिवमा निर्मलकुमार मण्डल ५०१ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत प्राप्त गरे।
त्यस्तै, सचिव पदमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्। सात सचिव पदका लागि नौ जनाबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा वीरेन्द्र महतो (जीवन त्यागी) र रामबाबु साह पराजित भएका छन्।महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै जनमत पार्टीले आगामी राजनीतिक यात्रा र संगठन विस्तारका लागि नेतृत्वलाई निरन्तरता दिएको छ।

Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar