|  

एमाले संसदीय दलको बैठक जारी, ओलीले सांसदलाई निर्देशन दिने

१८ असाेज, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

संसद्को वर्षे अधिवेशन अन्त्य भएसँगै एमालेले आज संसदीय दलको बैठक बोलाएको हो। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिबारे विभिन्न निर्देशन दिने बताइएको छ।