१८ असाेज, काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालमा विकसित हुँदै गएको नयाँ वर्ग संरचनालाई ध्यानमा राख्दै पार्टीको विचार र सिद्धान्तलाई समयअनुकूल परिमार्जन गर्नुपर्ने बताएका छन्।
शनिबार एमाले स्याङ्जाको आँधीखोला गाउँपालिकाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै पाण्डेले अहिलेको सामाजिक तथा आर्थिक अवस्थाअनुसार पार्टीका सिद्धान्तलाई नयाँ ढंगले व्याख्या गर्नुपर्ने बताएका हुन्। उनले एमालेले आफूलाई लामो समयदेखि श्रमिक वर्गको पार्टीका रूपमा व्याख्या गर्दै आए पनि अब श्रमिकसँगै मध्यम वर्गलाई समेत समेट्ने गरी पार्टीको दस्तावेजमै स्पष्ट उल्लेख गर्नुपर्ने धारणा राखे। पाण्डेका अनुसार बदलिँदो सामाजिक संरचनासँगै पार्टीको संगठन र राजनीतिक दृष्टिकोणमा समेत आवश्यक परिवर्तन गर्नुपर्ने अवस्था आएको छ।
उनले देशलाई आर्थिक रूपमा सबल बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै प्रत्येक नागरिकले आफ्नै देशमा रोजगारी र आम्दानीको अवसर पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।प्रशिक्षणका क्रममा पाण्डेले पार्टीको विचार, संगठन निर्माण, कार्यकर्ताको भूमिका तथा समसामयिक राजनीतिक विषयमा सहभागीहरूलाई प्रशिक्षण दिँदै आवश्यक मार्गदर्शनसमेत दिएका थिए।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar