१८ असाेज, काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा सुरु भएको छ।
पार्टी सभापति गगन थापाले पानसमा दीप प्रज्वलन गरी महाधिवेशनको उद्घाटन गरेका हुन्।उद्घाटन समारोहअघि कलाकारहरूले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए। महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत उपस्थिति रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू उद्घाटन समारोहमा सहभागी भएका छन्। महाधिवेशनमा सभापति थापाले आगामी पाँच वर्षका लागि कांग्रेसको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने तयारी छ।
त्यसपछि बन्दसत्रमा नीति तथा कार्यक्रमसहित विभिन्न प्रतिवेदन र समसामयिक विषयमा छलफल हुनेछ। उम्मेदवारी मनोनयनअघि पार्टी विधान संशोधनसम्बन्धी प्रस्तावमाथि महाधिवेशन हलमै छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको छ। महाधिवेशन व्यवस्थापनका लागि स्थल, मञ्च, आवास, भोजन, स्वास्थ्य, अतिथि सत्कार तथा सञ्चार व्यवस्थापनलगायत छुट्टाछुट्टै संयन्त्र परिचालन गरिएको छ। सभापति थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति गठन गरिएको छ। ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन तथा बन्दसत्र दुवै खुलामञ्चमै गर्ने तयारी छ। प्रतिनिधि दर्ता असोज १७ गतेदेखि सुरु भएको हो। कार्यतालिकाअनुसार असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन हुनेछ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar