१८ असाेज, काठमाडाैं । नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५ औँ ऐतिहासिक महाधिवेशन केवल पद र नेतृत्व व्यवस्थापन गर्ने माध्यम मात्र नभई पार्टीको आत्मसुधार, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको थलो बन्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंको खुलामञ्चमा आईतवारदेखि शुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले जनतामाझ गुम्दै गएको विश्वास फर्काउन र नयाँ पुस्ताको आकाङ्क्क्षा सम्बोधन गर्न काँग्रेसले निर्मम आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको हो । उपसभापति भुसालले काँग्रेस २००४ सालदेखि निरन्तर लोकतन्त्रका लागि सङ्घर्ष गर्दै आएको ऐतिहासिक शक्ति भएकाले वर्तमान र भविष्यको स्पष्ट मार्गचित्र कोर्ने दायित्व यसै महाधिवेशनको काँधमा रहेको स्पष्ट पार्नुभयो । उहाँले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई अझ बढी समावेशी र संस्थागत बनाउन तथा केन्द्रिय तहका हरेक निर्णयलाई पारदर्शी बनाएर तल्लो तहसम्म पु¥याउन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गर्नुभयो । मुलुकको जनसङ्ख्यामा ४१ प्रतिशत हिस्सा ओगट्ने नयाँ ‘जेन–जी’ पुस्ताले सुशासन, रोजगारी र भ्रष्टाचारमुक्त समाज खोजिरहेको उल्लेख गर्दै भुसालले उनीहरूको सपना र भरोसालाई सम्बोधन गर्नेगरी काँग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संविधान, कानूनी शासन र मानवअधिकारविपरित हुने कुनैपनि अलोकतान्त्रिक अभ्यास कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पार्दै उहाँले वीपी कोईरालाको लोकतान्त्रिक समाजवाद र राष्ट्रियताको सिद्धान्तलाई महाधिवेशनको मूल मर्म बनाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो महाधिवेशन एउटा सामान्य भेला होइन । चार दशकदेखि लोकतन्त्रका लागि संघर्ष गर्दै इतिहास निर्माण गरेको नेपाली काँग्रेसको वर्तमान र भविष्यबारे चिन्तन, संवाद र आत्मसमीक्षा गर्ने महत्वपूर्ण थलो हो । यो महाधिवेशन केवल पद प्राप्ति वा पद व्यवस्थापनका लागि मात्र भइरहेको छैन । नेपाली काँग्रेसका नेता तथा कार्यकर्तामात्र होइन, लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने सम्पूर्ण नेपालीले आत्मसमीक्षा गर्ने अवसरका रूपमा यस महाधिवेशनलाई लिनुपर्दछ । त्यसैले यो महाधिवेशनलाई आत्मसुधार, आत्मनिर्णय, पुनर्जागरण र पुनर्निर्माणको ऐतिहासिक अवसरका रूपमा लिन आवश्यक छ । हामीले यो अवसर गुमाउनु हुँदैन । आज नेपाली काँग्रेससामु एउटा कठिन प्रश्न तेर्सिएको छ । यो महाधिवेशन सम्पन्न गरेर यहाँबाट फर्किएपछि जनताको विश्वास अझ बढाउन गाउँ–गाउँमा जाने ऊर्जा र प्रतिबद्धता हामीसँग छ कि छैन ? यसको जवाफ हामी सबैले दिन जरुरी छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई अझ लोकतान्त्रिक, समावेशी र सुदृढ बनाउन हामी तयार छौँ कि छैनौँ ? यसको जवाफ लिएर हामी जिल्लामा फर्कनुपर्छ ।’
मुलुकको ५१ प्रतिशत हिस्सा ओगटेका महिलाहरूले आन्दोलन, निर्वाचन र समाज सञ्चालनमा आफ्नो सामथ्र्य प्रमाणित गरिसकेको स्मरण गराउँदै भुसालले अब पार्टी र राज्यको नीति निर्माण तहमा महिलाहरूको निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar