|  

‘समस्या नेता मात्रै होइन, संविधान र व्यवस्थामै छ’ : लिङ्देन

१८ असाेज,काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति र राजनीतिक नेतृत्वप्रति जनतामा बढेको वितृष्णा अझै हट्न नसकेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै लिङ्देनले मुलुक अहिले पनि सही दिशामा अघि बढ्न नसकेको टिप्पणी गरे। समस्या व्यक्तिमा मात्र सीमित नभई संविधान र विद्यमान राजनीतिक व्यवस्थामै रहेको उनको दाबी थियो। लामो समयदेखि जारी निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेको भन्दै उनले सबै राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याएर राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताए। उनले ‘कसैले नहार्ने, सिंगो देशले जित्ने’ गरी देशलाई निकास दिनुपर्नेमा जोड दिए।