|  

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाली टोली ओमान प्रस्थान

१९ असोज, काठमाडौं ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान र क्यानडासँगको त्रिकोणात्मक शृङ्खला खेल्न नेपाली टोली गएराति ओमान प्रस्थान गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले हिजो टोलीलाई बिदाइ गरेको थियो। ओमान पुगेपछि नेपाली टोलीले तयारीसँगै एक अभ्यास खेल खेल्नेछ।