|  

उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियोः गगन थापा

१९ असोज, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्ला दुई दशकमा पार्टीले राजनीतिक उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिँदा जनताबाट टाढिँदै गएको निष्कर्ष निकालेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा थापाले पार्टीका कमजोरीमाथि निर्मम आत्मसमीक्षा गरेका छन् ।

उनले नीतिगत सहकार्य लेनदेनमा सीमित हुनु, सार्वजनिक नियुक्तिमा भागबन्डा, योग्यताभन्दा निकटतालाई प्राथमिकता र आफ्ना पक्षका व्यक्तिलाई जोगाउने प्रवृत्तिले कांग्रेसको नैतिक विश्वसनीयता कमजोर बनाएको उल्लेख गरेका छन्।

उनका अनुसार कांग्रेसले नेतृत्व गरेका राजनीतिक परिवर्तनका उपलब्धि महत्वपूर्ण भए पनि त्यसलाई नागरिकको दैनिक जीवनमा अनुभूत हुने परिणाममा बदल्न सकेन।

न्यायमा सहज पहुँच, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी र देशमै भविष्य खोज्ने नागरिकको अपेक्षा पूरा हुन नसकेको उनको निष्कर्ष छ।