|  

भक्तपुरको जगातीमा सञ्चालित प्लास्टिक दाना कारखानामा आगलागी

१९ असोज, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ कँपलिचोकस्थित प्लास्टिक दाना बनाउने कारखानामा आज बिहान आगलागी भएको छ।

नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा बिहान ६ बजे लागेको आगो दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीमा कारखानाका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा जलेका छन्। नजिकैको यूपीभीसी घरमा समेत क्षति पुगेको छ। आगलागीको कारण र क्षतिको पूर्ण विवरण खुल्न बाँकी छ।