|  

प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान

१९ असोज, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् ।

बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा ७ दिने औपचारिक भ्रमणका लागि प्रधानसेनापति सिग्देल आज बेलायत प्रस्थान गरेका हुन्।

उक्त भ्रमणले सदियौंदेखि रहँदै आएको दुई देशबिचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले जनाएको छ।