१९ असाेज, काठमाडाैं । चाडबाड नजिकिएसँगै भान्साकोठामा प्रयोग हुने एलपीजी ग्यासबाट हुनसक्ने सम्भावित आगलागीका जोखिमलाई न्युनिकरण गर्न ललितपुरमा विशेष नमूना अभ्यास (डेमो) कार्यक्रम गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा भएको उक्त कार्यक्रममा ग्यास सिलिण्डर, रेगुलेटर र पाइपको प्रयोगमा अपनाउनुपर्ने सावधानीका विषयमा व्यावहारिक ज्ञान दिइएको हो । दैनिक जीवनमा अपरिहार्य बनेको एलपीजी ग्यासको प्रयोगमा हेलचेक्र्याइँ गर्दा ठूलो जनधनको क्षति हुनसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले सुरक्षाका मापदण्ड पालना गर्न आह्वान गर्नुभयो । सोमवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले ग्यास सिलिण्डरलाई घाममा सुकाउने, तेर्सो पारेर प्रयोग गर्ने वा कमजोर पाइपको प्रयोग गर्ने जस्ता गलत अभ्यासले नै आगलागी निम्त्याउने बताए ।
कार्यक्रममा नगर प्रहरी र प्राविधिक टोलीले ग्यास चुहावट हुँदा उत्पन्न हुने जोखिम र त्यसलाई तत्काल नियन्त्रण गर्ने तरिकाबारे प्रत्यक्ष प्रदर्शन गरेका थिए । प्रशासकीय अधिकृत गणेश अधिकारी लगायत सहभागीहरूले सिलिण्डरको सुरक्षाबारे व्यावहारिक अभ्यास गरेका थिए । प्रजिअ घिमिरेले विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले घरका वयस्क सदस्यहरूले यस्ता प्राविधिक सीप सिक्नु आवश्यक रहेकोमा जोड दिए । उनले भने ‘आज एलपीजी ग्यासबाट हुन सक्ने आगलागीजन्य विपद्को सिमुलेसन तथा डेमो प्रस्तुत गरियो । ग्यास हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा भएकाले यसको सुरक्षित भण्डारण, प्रयोग र व्यवस्थापनमा सबै सचेत हुन आवश्यक छ । आजको अभ्यासले आगलागी हुँदा कसरी आफूलाई सुरक्षित राख्ने र प्रारम्भिक रूपमा नियन्त्रण गर्ने भन्ने व्यवहारिक ज्ञान दिएको छ । विपद् कहिले आउँछ भन्ने थाहा हुँदैन, त्यसैले पूर्वतयारी र आवश्यक सीप अत्यन्त महत्वपूर्ण हुन्छ । यस कार्यक्रममा सहभागी नगरपालिकाको टोली, सुरक्षा निकाय, प्राविधिक तथा पत्रकार साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । यसको वास्तविक सफलता सिकेको ज्ञानलाई घर, कार्यालय र समुदायसम्म पु¥याउन सक्नुमा हुनेछ । सम्भव भएसम्म घर, कार्यालय तथा व्यावसायिक प्रतिष्ठानमा अग्निनियन्त्रक सामग्री राखौँ, नियमित जाँच गरौँ र आगलागीको जोखिम न्युनिकरण गरौँ । सिकौँ, सिकाऔँ र सुरक्षित रहौँ।’
उनले हरेक घर, कार्यालय र व्यावसायिक प्रतिष्ठानमा कम्तीमा एउटा अग्निनियन्त्रक (फायर एक्सटिङ्गुइसर) राख्न र समय–समयमा त्यसलाई रिफिल गर्न सुझाव दिए। –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar