|  

दसैंको अग्रिम टिकट बुकिङबारे छलफल गर्न मंगलबार बैठक डाकियो

१९ असोज, काठमाडौं ।  दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुलाउने विषयमा यातायात व्यवस्था विभागले मंगलबार यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ।

विभागले मंगलबार बिहान अग्रिम टिकट बुकिङसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो।

दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुल्न नसक्दा यात्रु अन्योलमा छन्।