१९ असाेज, काठमाडाैं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई सामान्य टालटुले सुधारले मात्र उकास्न नसकिने भन्दै संस्थालाई बचाउन वृहत शल्यक्रिया अर्थात ‘मेगा अपरेसन’ कै खाँचो रहेको नेतृत्वले स्पष्ट पारेको छ ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमका निमित्त महाप्रवन्धक जनकराज कालाखेतीले विगतका सुधार सुझाव कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै संस्थागत पुनर्संरचनाको आवश्यकता औंल्याउनुभएको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको निरन्तर खस्किँदो वित्तीय र व्यवस्थापकीय अवस्थाप्रति चिन्ता व्यक्त भइरहेका बेला संस्थाको नेतृत्वले अब सामान्य सुधारले नहुने निष्कर्ष निगमको छ । कालाखेतीले निगमको समग्र प्रणालीमै गम्भीर समीक्षा र शल्यक्रिया आवश्यक रहेको बताउनु भयो । कालाखेतीले निगमभित्र देखिएका नीतिगत, व्यवस्थापकीय तथा कार्यसञ्चालनका समस्यालाई अल्पकालीन उपायबाट समाधान गर्न खोज्नु व्यर्थ हुने बताउनु भयो । उहाँले निगमको सुधारका निम्ति विगतमा विभिन्न आयोग तथा कार्यदलहरूले बुझाएका अध्ययन प्रतिवेदनहरूको कार्यान्वयन अवस्था अत्यन्तै निराशाजनक रहेको स्वीकार गर्नुभयो । नीति तथा योजना बन्ने तर कार्यान्वयन तहमा गएर अलपत्र पर्ने पुरानै रोगका कारण वायुसेवा निगम संकटको भुमरीमा फसेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘नेपाल वायुसेवा निगमलाई टालटुले सुधारले मात्र हुँदैन । यसको समग्र सञ्चालन प्रणालीमै सुधार गरी ओभरहल तथा व्यापक सुधार गर्न आवश्यक छ । विगतका विभिन्न प्रतिवेदनले दिएका सुझावहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नु पनि हाम्रो प्रमुख कमजोरी हो ।’
संसदीय समितिको बैठकमा सांसदहरूले निगमको व्यवस्थापकीय अक्षमता, जहाज थन्किने समस्या र बढ्दो ऋण भारबारे गम्भीर प्रश्न उठाएका थिए । त्यसको जवाफ दिँदै कालाखेतीले विगतका अध्ययन प्रतिवेदनहरू कार्यान्वयन गर्ने सवालमा व्यवस्थापकीय र राजनीतिक दुवै तह फितलो सावित भएको स्वीकार गर्नुभयो । उहाँले अबका दिनमा ठोस कार्ययोजनासहित संरचनात्मक सुधारमा नगए राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धात्मक बजारमा टिकाउन असम्भवप्रायः हुने संकेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar