|  

दशैंको अग्रिम टिकट बुकिङबारे आज यातायात व्यवसायीसँग छलफल

२० असोज, काठमाडौं ।  दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने विषयमा यातायात व्यवस्था विभागले आज यातायात व्यवसायीसँग छलफल गर्दैछ।

विभागको सभा हलमा बिहान ११ बजे छलफल हुने भएको हो। बैठकमा प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा मजदुर संगठनका प्रतिनिधि सहभागी हुनेछन्।

अग्रिम बुकिङ नखुल्दा काठमाडौं बाहिर जाने यात्रु अन्योलमा छन्। केही कम्पनीले भने अनलाइन बुकिङ सुरु गरिसकेका छन् ।

यस वर्ष दशैं अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ।