|  

कैलालीमा घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ पर्दा ७ जना घाइते

२० असोज, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङ लागेर ७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार स्थानीय खुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजे घर नजिकै चट्याङ परेको थियो । चट्याङको झिल्काले ७ जना घाइते भएका हुन्।

घाइते सबैलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।