|  

सशस्त्रका एआईजी बंशीराज दाहाल निलम्बित, चोलेन्द्रशमशेर पक्राउको सूचना चुहावट गरेको आरोप

२० असोज, काठमाडौं ।  सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन् ।

सुरक्षासम्बन्धी सूचना चुहावट गरेको आरोपमा मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई निलम्बन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

गत साता पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरेलगत्तै दाहाल टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए ।

त्यसपछि राणा पक्राउ परेको सूचना सार्वजनिक भएको थियो । राणाका नातेदारसमेत रहेका दाहालले पारिवारिक सदस्यबाट पक्राउको जानकारी पाएपछि भेट्न गएको बताएका थिए ।

तर, राणाको पक्राउसम्बन्धी सूचना दाहालबाटै चुहावट भएको नेपाल प्रहरी नेतृत्वको दाबी रहेको स्रोतको भनाइ छ।