|  

थापाथली अस्पतालमा सुत्केरीको मृ#त्यु भएपछि पीडित परिवार आक्रोशित 

२० असोज, काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा बच्चा जन्माउने क्रममा एक सुत्केरीको मृत्यु भएको छ ।

सोमबार दिउँसो शल्यक्रियामार्फत बच्चा जन्माएकी धादिङ गजुरी–८ की करिब ३२ वर्षीया रबिना तामाङको राति मृत्यु भएको हो । उनी असोज १८ गते अस्पताल भर्ना भएकी थिइन् ।

सुत्केरीको मृत्युपछि परिवार र आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन् ।

मृतकले जन्माएको बच्चालाई भने आईसीयूमा राखेर उपचार भइरहेको छ।