|  

कमेरो खन्दा ढिस्कोले पुरिएर रामेछापमा एक जनाको मृ#त्यु

२० असोज, काठमाडौं । घर लिपपोत गर्ने कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर रामेछापमा एक जनाको मृत्यु भएको छ ।

लिखु तामाकोशी गाउँपालिका–२ सैपुका सोमबहादुर महत सोमबार कमेरो खन्न गएका थिए। उनी घर नफर्किएपछि परिवार र स्थानीयले खोजी गरेका थिए।

भष्मे खोलास्थित कमेरो खन्ने स्थानमा पहिरो गएको आशंकामा खोजी तथा पहिरो पन्छाउने क्रममा आज महतको शव माटोले पुरिएको अवस्थामा फेला परेको हो। घटनास्थलमा प्रहरी पुगेको छ।