|  

‘अभाव चर्काउने गरी नयाँ सिलिन्डर नबेचौँ’, महासंघको चेतावनी

२० असाेज,काठमाडाै । नेपालमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ।

महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल रोक्न र डिलरमार्फत मात्रै ग्यास वितरणको व्यवस्था गर्न माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर हुनु नै अभावको मुख्य कारण रहेको दाबी गरे। उद्योगहरूले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ । अनावश्यक सिलिन्डरको व्यवस्थापन, १४.२ किलोको सिलिन्डरको सहज आपूर्ति तथा ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन महासंघले निगमसँग माग गरेको छ।