|  

सभामुख अर्याल र अस्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

२० असाेज, काठमाडाैं ।  सभामुख डोलप्रसाद अर्याल र अस्ट्रेलियाली संसद्का सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ।

तान्जानियाको अरुसामा जारी अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५३औँ महासभामा सहभागी सभामुख अर्यालले अस्ट्रेलियाली सभामुख डिकसँग नेपाल–अस्ट्रेलिया सम्बन्ध र संसदीय सहकार्यबारे छलफल गरेका हुन्।

भेटमा सभामुख अर्यालले भोटेकोशी बाढीपछि अस्ट्रेलियाले गरेको मानवीय सहायता तथा खोज तथा उद्धार सहयोगप्रति धन्यवाद दिए। उनले जलवायु परिवर्तनका कारण हिमाली मुलुकमा परेको असरबारे अन्तर्राष्ट्रिय पहलमा अस्ट्रेलियाको सहयोगको अपेक्षा पनि व्यक्त गरे।

दुवै सभामुखले संसदीय मैत्री समूह, सांसदबीच नियमित अन्तरक्रिया र अनुभव आदानप्रदानमार्फत दुई देशबीचको संसदीय सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।