२० असाेज, काठमाडाैं । रसुवामा आएको बाढीका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर प्रभावित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।
बैंकले बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने अनुमान गरेको हो। विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार जलविद्युत्, सौर्य ऊर्जा, प्रसारण लाइन तथा यातायात पूर्वाधारमा भएको क्षतिले विद्युत् उत्पादन, औद्योगिक गतिविधि र वस्तु ढुवानी प्रभावित हुनेछन्। व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा आएको अवरोधले सेवा क्षेत्र पनि दबाबमा पर्ने जनाइएको छ। यद्यपि पुनर्निर्माण र पुनर्स्थापनाका काम अघि बढेसँगै आर्थिक गतिविधि चलायमान हुने र आर्थिक वर्ष २०८४/८५ मा वृद्धिदर ५.२ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ।बैंकले बाढीपछिको पुनर्निर्माणलाई क्षतिग्रस्त संरचना बनाउने कार्यमा मात्र सीमित नराखी बहुविपद् जोखिमको मूल्यांकन, उत्थानशील पूर्वाधार, वैकल्पिक यातायात–ऊर्जा सञ्जाल र प्रभावकारी पूर्वसूचना प्रणाली विकासमा जोड दिन सुझाव दिएको छ।
यस्तै, दक्षिण एसियाको आर्थिक वृद्धिदर चालु वर्ष ६.९ प्रतिशत र सन् २०२७ मा ६.७ प्रतिशत रहने प्रक्षेपण गर्दै विश्व बैंकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को रणनीतिक प्रयोगबाट उत्पादकत्व, निर्यात र सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन सकिने जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar