|  

नेप्से १२ अंकले बढ्यो, कारोबार रकम घट्यो

२० असाेज, काठमाडाैं । मंगलबार सेयर बजार परिसूचक नेप्से ११.९६ अंकले बढेर २ हजार ५७८ अंकमा पुगेको छ। बजार बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

आज ३ अर्ब १३ करोड रुपैयाँको कारोबार हुँदा १६९ कम्पनीको सेयर मूल्य बढेको, ९५ कम्पनीको घटेको र १५ कम्पनीको स्थिर रहेको छ। सबै समूहगत सूचक १ प्रतिशतभन्दा कमले उतारचढाव हुँदा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत् समूहमा वृद्धि देखिएको छ। त्रिशूली जलविद्युत्को सेयर मूल्य सर्वाधिक ५.११ प्रतिशत बढ्दा सर्वोत्तम पेन्ट्सको मूल्य ४.९४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक र पिपुल्स हाइड्रोपावर अगाडि रहे।