|  

दुर्गा प्रसाईं दुई लाख धरौटीमा रिहा

२० असाेज, काठमाडाैं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले विद्युतीय कारोबार ऐनअन्तर्गत दायर मुद्दामा यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी शिवप्रसाद खतिवडाले जानकारी दिए। रास्वपा सांसद रचना खतिवडामाथि गरेको टिप्पणीका आधारमा पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराध, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी अभियोगसमेत लाग्दै आएको छ। अदालतको आदेशपछि उनी यसअघि पनि पटक–पटक रिहा हुँदै आएका छन्।