|  

Infinix GT 50 Pro गेमिङ स्मार्टफोन अब नेपालमा, मासिक ४,२५० देखि ०% EMI सुविधा

२० असाेज, काठमाडाैं । Infinix ले आफ्नो Performance Focused GT Series अन्तर्गत Infinix GT 50 Pro नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। 

गेमर तथा Power users लाई लक्षित गरी तयार गरिएको यो स्मार्टफोनमा Advanced cooling syastem, High-frame, Rate Gaming capability र Dedicated gaming controls जस्ता विशेषता रहेका छन्। "Liquid Flow, Hyper Perfomance" को अवधारणामा आधारित Infinix GT 50 Proमा  HydroFlow Liquid Cooling, 144FPS Gaming Ecosystem र Pressure-Sense GT Triggers  जस्ता Gaming-focused technology उपलब्ध छन्। यी सुविधाले मोबाइल गेमिङलाई अझ Smooth, responsive र immersive बनाउन सहयोग गर्छन्। GT 50 Pro नेपालमा 12FB RAM+256GB storage ​​​​​​भेरियन्टमा उपलब्ध छ, जसको मूल्य  ८४,९९९ तोकिएको छ।

साथै, Infinix ले GT 50 Pro लाई अझ सहज रूपमा खरिद गर्न 0%  EMI सुविधा समेत उपलब्ध गराएको छ, जसअन्तर्गत मासिक किस्ता ४,२५० देखि सुरु हुन्छ। EMI सम्बन्धी सुविधा लागू हुने नियम तथा सर्तहरूमा आधारित हुनेछ।