|  

लन्डनमा प्रधानसेनापति सिग्देलद्वारा गोर्खा स्मारकमा श्रद्धाञ्जली

२१ असोज, काठमाडौं । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति जनरल अशोकराज सिग्देलले लन्डनस्थित हर्स गार्ड्स एभिन्यू, ह्वाइटहलमा रहेको गोर्खा स्मारकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बेलायती सेनाका चिफ अफ द जनरल स्टाफको निमन्त्रणामा जनरल सिग्देल बेलायत भ्रमणमा गएका हुन् ।