२१ असोज, काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सरकारले तत्काल अस्थायी आवास ट्रान्जिसनल सेल्टर निर्माण गर्ने निर्णय गरेको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले विकास साझेदार संघसंस्था र स्थानीय तहसँगको सहकार्यमा आवास निर्माण अघि बढाउने निर्णय गरेको हो।
प्राधिकरणले पुनर्निर्माणमा सहयोग गर्न इच्छुक संघसंस्थालाई कुन पालिकामा कति घर निर्माण गर्ने हो, त्यसको विवरण उपलब्ध गराउन आह्वान गरेको छ।
सहयोगी संस्थाले सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डअनुसार घर निर्माण गर्नुपर्नेछ। साथै, वास्तविक लाभग्राहीको संख्या यकिन गरी आवश्यक घरको संख्या निर्धारण गर्न प्रभावित स्थानीय तहलाई विवरण संकलनका लागि पत्राचार गर्ने निर्णय भएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar