|  

सल्यानमा विद्यालय जाने क्रममा लडेर बालिकाको मृ#त्यु

२१ असोज, काठमाडौं । सल्यानको छत्रेश्वरी गाउँपालिका–२ दयाधुरी जंगलमा विद्यालय जाने क्रममा बाटोबाट २५० मिटर तल खसेर १४ वर्षीया प्रमिला वलीको मृत्यु भएको छ।

मंगलबार बिहान विद्यालय जाँदै गर्दा लडेकी वलीलाई स्थानीयले अचेत अवस्थामा फेला पारेका थिए। उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।